Tue. Nov 26th, 2024

उपत्यका भित्र्ने चारवटै नाकामा विषादि अनुगमन

bisadi१० फागुन, काठमाडौं –   काठमाडौँ उपत्यका भित्र्ने फलफूल तथा तरकारीमा विषादीको प्रयोग रहेको वा नरहेको भन्नेबारेमा नियमितरुपमा अनुगमन सुरु गरिएको छ ।

द्यष्कबमजष्खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाली संरक्षण निर्देशनालयबाट उपत्यका प्रवेश गर्ने चार नाका साँगा, थानकोट, फर्पिङ र ककनीमा एक सातादेखि नियमितरुपमा विषादी अनुगमन कार्यक्रम चलाइएको छ ।

उपत्यकामा बिक्री हुने फलफूल तथा तरकारीमा विषादीको प्रयोग रहेको भन्ने व्यापक जनगुनासो आएपछि कृषि मन्त्रालयले कार्ययोजना नै बनाएर अनुगमनलाई चुस्त र प्रभावकारी तुल्याउन निर्देशन दिएको थियो । हालसम्मको अनुगमनमा खानै नहुनेगरी विषादीको प्रयोग भएको नपाइएको मन्त्रालयले जनाएको छ ।

कार्ययोजनाअनुसार हरेक साता कम्तिमा दुई दिन दुईवटा नाकामा अनुगमन गर्ने र सङकलित नमुना बाली संरक्षण निर्देशनालयकोे प्रयोगशालामा दु्रत विश्लेषण विधिबाट विषादी परीक्षणको व्यवस्था मिलाइएको कृषि मन्त्रालयका सहसचिव डिल्लीराज शर्माले जानकारी दिए ।

उक्त विधिबाट तोकिएको मापदण्डभन्दाबढी विषादी पाइएका फलफूल तथा तरकारीमा विषादीको मात्रा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय खाद्य प्रयोगशालामा थप परिक्षण गरी पहिचान गरिने छ ।

कार्ययोजनाअनुरुप फलफूल, तरकारीबाहेक अन्य खाद्य पदार्थको समेत अनुगमन गरी नमुना सङ्कलन गरी प्रयोगशालामा विश्लेषण गरिने व्यवस्था मिलाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।
रासस

About The Author

अन्य समाचारहरु: