१० फागुन, धादिङबेसी– धादिङको २३ औँ जिल्ला परिषद आज सम्पन्न हुँदै छ ।
आर्थिक बर्ष २०७३/०७४ सालको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आज जिल्ला परिषद सम्पन्न हुने हुने छ । बैशाख १२ गते गएको विनाशकारी भुकम्पले तहसनहस बनाएको भौतिक पुर्वाधार निर्माण र भुकम्प विस्थापितहरुलाई पुर्नस्थापनाको लागी जिल्ला विकास समितिले सम्बोधन गर्नेमा नागरिकहरुले अपेक्षा गरेका छन् ।
भुकम्प प्रभावितहरुको माग सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउन नागरिकहरुले स्थानीय आग्रह गरेका छन् ।