१० फागुन, धादिङ– नेपालमा मध्यरातमा गोरखा केन्द्रविन्दु भएर पराकम्प गएको छ ।
आइतबार राति ११ बजरे ५४ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्पको धक्का गोरखासहित धादिङ तथा काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो । यसअघि गएको माघ २२ गते राति १० बजेर पाँच मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलकै पराकम्प गएको थियो । त्यसपछि पनि चार रेक्टर स्केलमाथिका तीन वटा पराकम्प गएका थिए ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएदेखि अहिलेसम्म चार रेक्टर स्केल भन्दामाथिका ४ सय ३४ वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पले हल्लाएपछि सुतिरहेका स्थास्नीयहरु घर बाहिर निस्कीएका थिए ।