Thu. Feb 27th, 2025

जिल्ला सहकारी संघ धादिङले पूर्णता पायो

netra poudel
९ फागुन,  धादिङ – जिल्ला सहकारी संघ धादिङले पूर्णता पाएको छ । संघको जिल्ला अधिवेशनमा सचिव र कार्यसमिति सदस्यको टुङगो लागेपछि कार्यसमिति पूर्ण भएको हो ।

सचिव पदमा सहमति हुन नसकेपछि शनिबार निर्वाचन भएको थियो । सचिव पदमा ४ जनाको उमेदवार रहेको थियो । चारजना मध्ये सबैभन्दा बढी ४८ मत ल्याई विष्णुप्रसाद कोइराला निर्वाचित भएका छन् । राजेन्द्र बस्नेत, सीतादेवी खनाल र उमेश दाहाललाई पछि पार्दै कोइराला विजयी भएका हुन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुको पनि निर्वाचन भएको छ । ७ सदस्यिय कार्यसमिति सदस्यमा राजेन्द्र दाहाल, भवानी तिमिल्सेना, युवराज थपलिया, कमलराज कडेँल, राजेन्द्र अधिकारी, भवानी उप्रेती र रामचन्द्र अर्याल रहेका छन् । सदस्य पदमा १२ जनाको उमेदवार परेको थियो ।

जिल्ला सहकारी संघ धादिङको गत २९ गते सम्पन्न १६ औ साधारण सभा तथा जिल्ला अधिवेशनले अध्यक्षमा नेत्रराज पौडेल, उपाध्यक्षमा गंगादत्त तिमिल्सेना र गंगा विसुराल र कोषाध्यक्षमा टंकनाथ शर्मा सर्वसम्मत चयन भएका थिए ।

About The Author

अन्य समाचारहरु: