९ फागुन, धादिङ – आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूको केन्द्रिय सदस्यमा धादिङका सन्तोषराना क्षेत्री निर्वाचित भएका छन् ।
उनी पश्चिम बाग्मती अञ्चलबाट निर्वाचित भएका हुन् ।
काठमाडौँमा जारी अनेरास्ववियूको २२ औँ राष्ट्रिय अधिवेशनमा उनी सहित पश्चिम बाग्मती अञ्चलबाट ३ जना निर्वाचित भएका छन् ।
क्षेत्री अध्यक्षका उमेदवार नविना लामाको प्यानलबाट निर्वाचित भएका हुन् । अनेरास्ववियू धादिङका अध्यक्ष समेत छन् ।