९ फागुन, काठमाडौं – मुलुककै सवैभन्दा ठूलो चलचित्र बजार काठमाडौंका सिनेमा हलले बार्षिक करोडौं रुपैयाँको व्यापार गर्छन् । तर, उनीहरुले कानून अनुसार तिर्नुपर्ने मनोरञ्जन कर भने तिर्ने गरेका छैनन् ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ११ ओटा सिनेमा हलको विगत १८ वर्षदेखि त्यस्तो कर नतिरको महानगरपालिका राजश्व महाशाखा प्रमुख ध्रुव काफ्लेले बताए ।
उनका अनुसार सिनेमा हलले विदेशी भाषाका चलचित्रको कुल टिकट विक्रीको २ प्रतिशत रकम मनोरन्जन करका रुपमा महानगरलाई बुझाउनुपर्छ ।
कारोबार दैनिकबाट