८ फागुन, धादिङ – पत्रकार सीताराम अधिकारी उमाकान्त—गीतादेबी—चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
धादिङ जिल्लामा रहेर दशकदेखि समाचार संकलनमा क्रियाशिल भएबापत नेपाल पत्रकार महासंघ राष्ट्रिय समाचार समिति शाखाले पुरस्कृत गरिएको हो ।
सूचना तथा संचार मन्त्री शेरधन राईले शुक्रबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको छ । अधिकारी प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङका पूर्व अध्यक्ष पनि हुन् ।