Sat. Mar 15th, 2025

रोजगारीका लागि मलेसिया जान नपाइने

malesiya७ फागुन धादिङ – मलेसियाले आप्रवासी कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ ।

१५ लाख बंगलादेशी कामदार ल्याउने भनि सहमसतमा हस्ताक्षर गरेकै भोलिपल्ट मलेसियाले विदेशी कामदार नल्याउने घोषणा गरेका हो । यो निर्णयले नेपाली कामदार पनि मार्कामा परेका छन् ।

सरकारी समाचार समिति बर्नामाका अनुसार उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले मलेसियाले सबै स्रोत मुलुकबाट कामदार लिन बन्द गर्ने निर्णय गरेको घोषणा गरेका हुन् ।

बिदेशी कामदारको आबश्यकता कहाँ कति छ भन्ने आबस्यकता हेरी कामदार लिने उपप्रधानमन्त्री हमिदी बताए । मानव संसाधन मन्त्री दातुक सेरी रिचर्ड रियोटले मलेसियामा तत्काल कोही पनि बिदेशी कामदार नल्याईने भन्दै अब सबै क्षेत्रमा स्थानीय कामदारलाई उत्प्रेरित गर्ने बताए ।

About The Author

अन्य समाचारहरु: