६ फागुन, धादिङ -१२ औँ दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा स्वर्ण पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई सरकारले जनही पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०द्वारा दशरथ रङ्गशालामा बुधबार भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कारको घोषणा गर्नुभएको हो । विजेता टोलीमा २० खेलाडी र तीन पदाधिकारी छन् ।
कार्यक्रममा स्वर्ण विजेता टोलीलाई सम्मान गर्दै मन्त्रीमण्डलले खेल र खेलाडीका समस्यालाई प्राथमिकतामा राखेर आफूअघि बढेको बताउँदै भन्नुभयो नाकाबन्दीलगायत विविध समस्याका कारण सरकारले चाहेर पनि खेलाडीलाई सुविधा दिन सकेको छैन, यसका बाबजुद खेलाडीले खुसी दिलाउने काम गरेका छन् उहाँले भन्नुभयो अब खेल क्षेत्रका समस्या हल गर्न मन्त्रिपरिषद्मा प्रस्ताव अघि बढाउँछु ।
एन्फाका महासचिव धीरेन्द्र प्रधानले चाँडै एन्फाको कार्यसमितिको बैठक बसेर विजेता टोलीलाई उचित पुरस्कारको घोषणा गर्ने बताउनुभयो । विजेता टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य र कप्तान विराज महर्जनले सबै नेपाली समर्थकको मायाले सफलता मिलेको बताउँदै आगामी दिनमा अझ राम्रो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस