५ फागुन, दोलखा – फलामे खोरमा थिनिएका जुँगु गाविस–४ का एक युवकको उद्धार भएको छ ।
उनलाई कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन नेपाल खुमलहाइट ललितपुरले उपचारका लागि जिम्मा लिएको छ ।
मानसिक सन्तुलन गुमाएका ४० वर्षीय श्यामबहादुर भुजेल १५ महिनादेखि फलामे खोरभित्र बाँचिरहेका थिए ।
उनले दिसापिसाब खोरमा नै गर्ने गरेका गरेका र उनको पारिवारिक आर्थिक अवस्था ज्यादै कमजोर भएकै कारण उपचार गर्न र परिवारले मासिक एक हजार २०० तिर्न नसक्दा उनलाई फलामे खोर बनाएर खोरमा थुनेर राखेको थियो ।
आफ्ना दाइ खोरभित्र थुनेर राख्न बाध्ये बनेको र अहिले मिडियामा आएपछि धेरै व्यक्ति,सङ्घसंस्थाले उपचारमा चासो देखाएकोप्रति भाइ छत्रबहादुरले खुसी व्यक्त गरेका छन् । रासस