Tue. Nov 26th, 2024

प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्रै ग्यास सहज हुने !

oil-corporetion५ फागुन, काठमाडौं – नेपाललाई इन्धन बेच्ने एकमात्र संस्था इन्डियन आयल कर्पोरेसन (आइओसी)ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि मात्रै मागअनुसार ग्यास दिनसक्ने संकेत गरेको छ ।

सबै नाका खुले पनि आइओसीले मागको आधामात्र ग्यास बुलेट लोड गर्दै आएको छ । प्रधानमन्त्री फागुन ७ गते देखि भारत भ्रमणमा जाँदैछन् । आजको कारोबार दैनिकमा समाचार छ ।

आइओसीले माथिल्लो तहबाट निर्देशन नभएको भन्दै तत्काल मागबमोजिम ग्यास लोड गर्न अस्वीकार गरेको नेपाली पक्षले जनाएको छ । आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले ग्यास आपूर्ति बढाउन निरन्तर ताकेता गरिरहेका छन् ।
‘आइओसीले अनौपचारिक रुपमा प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र मगबमोजिम ग्यास दिन सकिन्छ भनिरहेको छ’, मन्त्रालयका एक उच्च अधिकारीले भने, तत्काल उसले लोडिङ बढाउने सुनिश्चित छैन । ‘त्यही कारण ग्यासको असहजता अझै केही दिन लम्बिन सक्छ । ‘

About The Author

अन्य समाचारहरु: