४ फागुन, धादिङ – उच्च माध्यामिक शिक्षा परिषदले सञ्चालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले मंगलबार सावृजनिक गरेको हो । परीक्षातालिका अनुसार कक्षा १२ को परीक्षा २०७३ बैशाख २० गतेबाट सुरु हुनेछ । कक्षा १२ को परीक्षा बैशाख २० देखि जेष्ठ १ गतेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै कक्षा ११ को परीक्षा जेष्ठ २ गतेबाट सुरु हुनेछ । २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा बिहानी सत्रमा ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यलयले जानकारी दिएको छ ।
परीक्षातालिका हेर्नुहोस्ः