Sat. Mar 15th, 2025

चुरोट बिक्री बितरणमा नयाँ कानुन

 Churot-Sexy-Lady-With-Cigaret-650x406 ४ फागुन, काठमाडौं– सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन बनाएको चार वर्षपछि सरकारले बल्ल खिल्ली चुरोट बिक्री बितरणमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

स्वास्थ्य मन्त्रालयले उक्त ऐन २०६८ को दफा ११ को उपदफा ४ का आधारमा अबदेखि कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गरेको पाइए १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।

स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले अनुगमनका क्रममा कानुनविपरित कसैले खिल्ली चुरोट बिक्री गरेको पाइएमा कारबाही गर्ने बताए । सवैभन्दा पहिले यसबारे जनचेतना फैलाउने तयारीमा मन्त्रालय रहेको उनले बताए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पछिल्लो समय खिल्ली चुरोट बिक्री गर्ने र खाने चलन बढेको छ । त्यसलाई निरुत्साहित गर्न मन्त्रालयले यस्तो निर्णय गरेको हो, श्रेष्ठले भने ।

एक तथ्यांक अनुसनर नेपालमा ५३ प्रतिशत पुरुष र १३ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् । २० प्रतिशत किशोरकिशोरीले धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।

About The Author

अन्य समाचारहरु: