Fri. Jan 31st, 2025

भारतलाई हराउदै नेपालले साग फुटबलको उपाधि जित्यो

nepali३ फागुन, धादिङ – नेपालले भात विरुद्ध २ गोल गर्दै पुरुष फुटबलमा स्वर्ण पदक हात पारेको छ ।

गुवाहाटीमा जारी १२ औं साग अन्तर्गतको सोमबार भएको पुरुष फुटबलमा पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदशन गरेका थिए ।

पहिलो हाफको ३१ औँ मिनेटमा पाएको पेनाल्टीमा भारतले गोल गरेर अग्रता लिएको थियो । दोस्रो हाफमा सुधारिएको खेल खेलेको नेपालले ६६ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । प्रकाश बुढाथोकीले फ्रि किकमा उत्कृष्ट गोल गरेका हुन् । लगतै विमल घर्ति मगर वान भर्सेज वानमा चुके । नेपालको अर्को प्रयासलाई भारतीय खेलाडीले गोललाइनबाट बचाएका छन् ।

केहीबेरपछि नवयुग श्रेष्ठले गोल गरे र नेपालले अग्रता लिएको हो । नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–३ तथा भारतले बंगलादेशलाई ३–० ले हराएर फाइनलमा स्थान बनाएका हुन् ।

सन् १९८४ को पहिलो साग फुटबलमा नेपालले बंगलादेशलाई हराएर स्वर्ण पदक जितेको थियो । सन् १९८७ मा भारतसँग पराजित भएर रजत पदकमा चित्त बुझाएको नेपालले पछिल्लो पटक सन् १९९३ मा भारतलाई हराएर स्वर्ण पदक जितेको थियो । नेपाल सन् १९९९ पछि योपटक साग फुटबलको फाइनलमा पुगेको हो ।

समूह चरणको खेलमा नेपालले भुटानलाई ५–१ ले हराएको थियो भने बंगलादेशसँग २–१ ले हारेको थियो ।

About The Author

अन्य समाचारहरु: