३ फागुन, धादिङ – नेपाली काँग्रेस धादिङको गत माघ २५ गते सम्पन्न १३औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला सभापति तथा कार्य समतिका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।
सोमबार पार्टी कार्यलयमा एक कार्यक्रमको आयोजना गरी पदभार ग्रहण गरेका हुन् । गाँउ, वडा, नगर, क्षेत्र हुँदै भएको जिल्ला अधिवेशनले रमेश धमलालाई निर्वाचित गरेको थियो । त्यस्तै सचिवमा हरिराम बुर्लाकोटी र कोषाध्यक्षमा बाबुकृष्ण सापकोटा निर्वाचित भएका थिए ।
कार्यक्रममा धादिङको तीन वटै क्षेत्रमा भएको अधिवेशनमा निर्वाचित पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरुले पनि पदभार ग्रहण गरेका छन् ।