२ फागुन, दाङ – दाङका युवा पत्रकार निशानदाजु भट्टराइले आइतवार परेको भ्यालेन टाइन डे सिर्जनशिल कार्य गरी मनाएका छन् ।
उनले भ्यालेनटाइन डे अवसर पारेर रक्तदान गरेका छन् । रगतको अभावमा दाङको एक जना महिलाको अप्रेसन रोकिने अवस्था आएपछि गणतन्त्र राष्ट्रिय दैनिक घोराहीमा कार्यरत पत्रकार भट्टराईले सोहि अवसर पारेर रक्तदान गरेका हुन् ।
घोराहीस्थित रक्त सञ्चार केन्द्रमा पुगेर रक्तदान गर्नु भएका गणतन्त्र राष्ट्रिय दैनिकका अनलाइन सह सम्पादक भट्टराइले भ्यालेन टाइन डे सबैसंग माया, सद्भाव गर्ने अवसर भएकाले आफुले रक्तदान गरेर उक्त दिन सम्झिएको बताए ।