२ फागुन, धादिङ – गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालले लमजुङका विद्यालयलाई कम्प्यूटर सहयोग गरेको छ ।
लमजुङको सुन्दर बजार नगरपालिका १३ मा रहेको शान्ती उच्च मा बि , कुन्छा लम्जुङलाई क्षेत्रिय शिक्षा निरिक्षक पुर्णबहादुर आछामीले बिद्यालय को ५५ औ बार्षिक उत्सब तथा ३९ औअभिभावक दिवस को अवसर पारेर हस्तान्तरण गरेका हुन् ।
संस्था का उप अध्यक्ष गुणनिधी धमला तथा सदस्य सुवाष पाठक द्वारा ३ थान कम्प्युटर सहयोग हस्तान्त्रण गरिएको हो ।
२१ औ शताब्दीको आधुनिक युगमा कम्प्युटर शिक्षा बिना जनता र देशको स्थर उन्नति हुन सक्दैन भन्दै नेपाल अधिराज्य भरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा पु¥याउन कम्यूटर सहयोग गर्दै आइरहेको छ ।