Thu. Feb 27th, 2025

जिल्ला सहकारी संघ धादिङको अध्यक्षमा पुन: पौडेल निर्वाचित

netra poudel१ फागुन, धादिङ – जिल्ला सहकारी संघ धादिङको अध्यक्षमा पुन नेत्र राज पौडेल निर्वाचित भएका छन् ।

संघको शुक्रबार धादिङबेसीमा भएको १६ औं साधारणसभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा गंगादत्त तिमल्सेना र गंगा बिसुराल, कोषाध्यक्षमा टंक नाथ शर्मा चयन भएका छन् । सचिव बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।

सचिव पदमा चार जनाको उम्मेदवारी परेका कारण सचिव पद भने टुंगो लागेको छैन । सचिवमा पूर्व कोषाध्यक्ष विष्णु रिजाल, राजेन्द्र बस्नेत, सितादेवी खनाल र रमेश दाहालको दाबी रहेको छ । त्यस्तै १० सदस्यको लागि १७ उम्मेदवारी परेको छ ।

About The Author

अन्य समाचारहरु: