अस्मिता खतिवडा / १ फागुन, धादिङ – विभिन्न स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि ५ दिन देखि धादिङबेशीमा संचालित मानसिक तथा मनोसामाजिक स्याहार सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य निरिक्षक सहित विभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । सबैभन्दा पहिले स्वास्थ्य सम्बन्धी समस्या लिएर मानिसहरु स्वास्थ्यकर्मीहरु समक्ष पुग्ने भएको स्वास्थ्य कर्मीहरुलाई मनोसामाजिक तथा मानसिक स्वास्थ्यका सम्बन्धमा थप जानकारी गराऊनको लागि तालिमको आयोजना गरिएको आइसिडीसी नेपाल धादिङले जनाएको छ ।
एकिकृत सामुदायीक विकास अभियान ९क्ष्ऋम्ऋ ल्भ्एब्ी) बहुसाँस्कृति मनोसामाजिक संस्था (टिपिओ) नेपाल, इन्टरनेश्नल मेडिकल कोर ९क्ष्ःऋ० र जिल्ला स्वास्थ्य कार्यलय धादिङको को संयुक्त आयोजनामा तालिम संचालन गरिएको हो ।