Thu. Mar 13th, 2025

विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

radio-day-dhading१ फागुन,  धादिङ – विश्व रेडियो दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसवर्ष विश्व रेडियो दिवसको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखका दिन रेडियो दिवस मनाउन थालिएको हो ।

नेपालमा २००३ सालमा काठमाडौंमा रेडियो प्रसारण सुरु भएपनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रुपमा रेडियो सञ्चालन सुरु भएको हो । एफएमको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो ।

अहिले ४ सय भन्दा बढी रेडियो सञ्चालनमा छन् । मनाङ जिल्ला बाहेक अरु ७४ वटै जिल्लामा रेडियो स्टेशन सञ्चालनमा छन् । तर सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गएपनि लोडसेडिङ, आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नु परेको छ ।

About The Author

अन्य समाचारहरु: