Sat. Mar 15th, 2025

भारत लैजादै गरेको अवस्थामा धादिङ घर भएका दुई चेलीको उद्धार

फागुन, धादिङ– धादिङ जिल्लाबाट घुमाउने बहाना बनाएर नेपाली चेलीलाई सीमा क्षेत्र गलगलिया हुँदै भारततर्फ लैजान खोज्ने दुईजना दलाललाई शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही घर भएकी २४ वर्षीया सबिना तामाङ र भारत पानीघट्टा घर भएकी ३५ वर्षीया मुन्नु तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले धादिङ–७ बस्ने २३ वर्षीया पार्वती शाही र धादिङ–१ की २५ वर्षीय आशिका परियारलाई भारतको सिलगुढी घुमाउने बहाना बनाएर लैजाँदै गर्दा साना हातहरू नेपाल नामक संस्था भद्रपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपाल र भारतको सीमा क्षेत्र गलगलियाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

शाही र तामाङ दुबैलाई उद्धार गरिएको छ । उद्धार गरिएका दुबै चेलीलाई जिल्ला प्रहरी कार्यालय झापाको सिफारिसमा साना हातहरू नेपाल नामक संस्था भद्रपुरमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यही नाकाबाट १५ दिनमा पाँचजना भूकम्प प्रभावित क्षेत्रबाट विभिन्न प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको चेलीको उद्धार गरिएको छ ।

About The Author

अन्य समाचारहरु: