२९ माघ, धादिङ – पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सत्यवती उच्च माध्यमिक विद्यालयले हात पारेको छ ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ विहिबारदेखि धादिङबेसीमा सुरु भएको प्रतियोगितामा खेलाइएका सम्पूर्ण खेलहरुको अंक तालिकाका आधारमा उपाधि हात पार्न सफल भएको हो ।
प्रतियोगीतामा बद्री विशाला उमावि द्धितीय र रानी पौवा मावि तृतीया भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता राजेन्द्र प्रसाद पाण्डेले क्रमश नगद १५ हजार, १२ हजार, ९ हजार सहित शिल्ड, कप, मेडल र प्रमाण पत्र प्रदान गरे ।
धादिङका ३ निर्वाचन क्षेत्र स्तरको प्रतियोगीतामा उत्कृष्ट भएका विद्यालयहरु छनोट गरी जिल्लास्तरीय प्रतियोगीतामा सहभागीता गराइएको थियो । जिल्लास्तरीय प्रतियोगीतामा प्रथम भएको सत्यवती उमावि क्षेत्रीय प्रतियोगीतामा सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ ।