Sat. Mar 15th, 2025

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने धादिङका राम लामा सहित अन्य २ अभियुक्त पक्राउ

Drivar २९ माघ धादिङ– नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न तीन अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

धादिङ गजुरी घर भई काठमाडौँ गँगबु बस्ने राम लामा, स्थानीय जोरपाटी बस्ने श्रीकृष्ण डङ्गोल र ललितपुर एकान्तकुना बस्ने सोलुखुम्बु तिङ्लाघर भएका याङ्बा शेर्पालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गँगबु क्षेत्रमा नक्कली सवारी चालक अनुमतिपत्र बनाउने गिरोह रहेको सूचनाका आधारमा प्रहरी टोलीले लामाको डेरा तलासी गर्दा तयारी हालतमा बनाइराखिएको नक्कली अनुमतिपत्र आठ थान, मोबाइल टेलिफोन दुई थान र लामाका नाममा जारी भएको चालक अनुमतिपत्र एक थान बरामद भएको थियो ।

लामासँग सोधपुछ एवम् अनुसन्धान गर्दा उक्त गिरोहमा संलग्न डङ्गोललाई एकान्तकुनाबाट विभिन्न व्यक्तिका नामको म्याद सकिएको सवारी चालक अनुमतिपत्र १००, तयारी सवारी चालक अनुमतिपत्र ५१, खाली सवारी चालक अनुमतिपत्र चार, रङ्गिन प्रिन्टर र ल्यापटप एक एक थान, यातायात व्यवस्थापन कार्यालय वाग्मतीको छाप पाँच थान, स्टिकर ११ थान र मोबाइल दुई थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: