२९ माघ , काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कोइराला परिवारसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । उनले आफू कांग्रेसका कारण कोइराला परिवारसँग सम्बन्ध रहेको भन्दै कोइराला परिवारसँग आफ्नो नाम नजोड्न आग्रह गरे ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै आचार्यले कोइराला परिवारसँग जोडेर आफ्नो नाम आएकोमा आपत्ति प्रकट गरे ।
‘तपाईको प्रश्न त्रुटीपूर्ण छ । कोइराला परिवारसँग मेरो कुनै सम्बन्ध छैन । मेरो नाम कोइराला परिवारसँग नजोड्नुस्’, कोइराला परिवारको हातबाट कांग्रेसको नेतृत्व बाहिर जाने भयो भन्ने प्रश्नमा जवाफ दिँदै नेता आचार्यले भने, ‘कांग्रेस कसैको मात्रै होइन । सबैको हो । नेतृत्व क–कसले लिए भन्ने कुराले महत्व राख्दैन । कोइराला परिवारसँग मेरो नाम नजोड्दा नै राम्रो हुन्छ ।’
दिवंगत नेता सुशील कोइराला, स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग निकट रहेर पटक पटक मन्त्री र केन्द्रीय सदस्य बन्दै आएका आचार्यले अहिले आएर कोइराला परिवारसँग आफ्नो सम्बन्ध नरहेको बताएका हुन् । कोइराला परिवारलाई उनले छाडेको संकेत गरेका छन् । आचार्यले कोइराला परिवारसँग आफ्नो सम्बन्ध तोडेको बताएका छन् ।
सुशील कोइरालाको सबैभन्दा नजिक रहेर मन्त्रीका साथै अन्य राजनीतिक गतिविधि गरेका केन्द्रीय सदस्य आचार्यले अहिले आएर किन कोइराला परिवारसँग यसरी मोह त्यागे त्यो बुझ्न सकिएको छैन । यसका विषयमा कि आचार्यले भन्ने छन्, कि कोइराला परिवारले बताउनेछ ।
दैनिक नेपाल अनलाईनबाट