Mon. Mar 3rd, 2025

प्रधानमन्त्री ओलीको भारत भ्रमण फागुन ७ देखि

 kp ol i२९माघ , काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो फागुन ७ गतेदेखि भारतको भ्रमण गर्नुहुने भएको छ । भारत सरकारले बिहीबार प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो दिएको छ ।

भारतको विदेश मन्त्रालयले भ्रमणसम्बन्धी जानकारी नेपाल सरकारलाई गराएको हो ।  मन्त्रिपरिषदको बिहीबारको बैठकमा भ्रमणका विषयमा छलफल भएको र भ्रमण स्वीकृत गरेको  सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

भारत सरकारको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमण जाने उहाँले बताउनुभयो । त्यसको आवश्यक तयारी परराष्ट्र मन्त्रालयले गर्ने छ ।

About The Author

अन्य समाचारहरु: