Sat. Mar 15th, 2025

फ्रि भिसा र टिकटको नाममा कमाउधन्दा

२९ माघ, काठमाडौं । गत असार १० गते श्रम मन्त्रालयले एक सूचना जारी गर्दै फ्रि भिसा र फ्रि टिकटमा न्यूनतम लागतमा कामदार विदेश पठाउने निर्णय गरे पनि प्रभावकारी हुन सकेन ।

सरकारले म्यानपावर व्यवसायीहरुको चर्को विरोधका बाबजुद पनि श्रम तथा रोजगार मन्त्रालयले असार २१ गतेदेखि फ्रि भिसा र  टिकटको निर्णय गरेको थियो ।

सरकारले मलेसियाका ट वटा खाडी मुलुकमा सेवा शुल्क १० हजारमा वैदेशिक रोजगारमा कामदार पठाउने निर्णय गरेको थियो ।

बहराइन, कतार, साउदी अरब, दुबई, ओमान, कुबेत र मलेसियामा काम गर्न जाने कामदारहरुका लागि गरिएको निः शुल्क भिसा र टिकटको व्यवस्था हुन नसक्दा सरकारी निर्णय हावादारी सावित भएको छ ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगले विमानस्थलमा गरेको अनुगमनमा कामदारहरु उक्त सुविधाबाट बञ्चित भएको निष्कर्ष निकालेको थियो । आयोगले जारी गरेको प्रतिवेदनमा कामदारहरु स्थानीय एजेन्ट र म्यानपावरबाट ठगिएको देखिएको थियो ।

About The Author

अन्य समाचारहरु: