२८ माघ, धादिङ – धादिङको नौविसे गाँउ विकास समितिमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय १७ जनाले सेवा लिएका छन् ।
आँखा जाँच गरिएका मध्ये २२ जनालाई मोतियाबिन्दु अप्रेसनको लागि तिलगंगा आँखा अस्पतालमा रिफर गरिएको छ । शिविरमा नौविसे गाँउ विकास समिति र आसपासका गाविसका स्थानीयहरुले लाभ दिएका छन् ।
एक्सन नेपालको आयोजना र युएसएआईडीको साझेदारीमा सञ्चालित साझेदारी विकास परियोजना अन्तर्गत सामुदायिक आँखा केन्द्र धादिङको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।