Sat. Mar 15th, 2025

हिंसा मुक्त समाज निर्माण गर्न युवाहरुको प्रतिबद्धता

२८ माघ,  धादिङ – युएसएडको आर्थिक सहयोग तथा केयर नेपालसंगको साझेदारीमा सहयात्री समाज नेपालद्धारा सञ्चालित हरियो बन कार्यक्रम अन्र्तगत किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।

धादिङको मुलपानी गाविसको वडा नं ५ टूलोचौरमा सञ्चालन गरिएको कार्यक्रममा किशोर किशोरीहरुलाई यौन तथा प्रजनन अधिकारका बारेमा जानकारी दिने, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेत बनाउने र शारीरिक, मनोबैज्ञानिक परिवर्तन र आइपर्ने समस्या समाधान गर्न सक्ने क्षमताको विकासका बारेमा जानकारी गराइएको थियो । तालिममा मुलपानी गाविस भित्रका ३० जना किशोर किशोरीको सहभागिता रहेको थियो ।

कार्यक्रममा विहिबार लैगिंक हिंसा, हिंसाको कारण असर र कानुनी व्यवस्था, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा स्वास्थ्य चौकी मुलपानीका इन्चार्ज नबिन माझि, सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटा र खिल कुमारी तिवारीले विषयवस्तुका बारेमा सहजीकरण गरेका थिए । छलफलमा सहभागी किशोर किशोरीहरुले लैगिंकतामा आधारित हुने हिंसा, मानववेचविखन र अन्य युवाहरुमाथी आइपर्ने समस्याहरुका बारेमा कार्ययोजना बनाइ काम गर्न आवश्यक रहेको बताएका छन् । आफुहरुले सिकेका कुरा अरुलाई पनि सिकाउने र समाजलाई महिला माथी हुने हिंसा मुक्त बनाउन सक्रिय भएर लागिपर्ने किशोरकिशोरीहरुले प्रतिबद्धता जनाएका छन् ।

About The Author

अन्य समाचारहरु: