२७ माघ, चितवन – चितवन निकुञ्जको पूर्वी क्षेत्रमा एउटा गँैंडा दलदलमा फसेर मरेको छ ।
चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्जको कछुवानी पोस्ट नजिकै दलदलमा फसेर गैडाँ मरेको हो ।
दलदलमा फसेको अवस्थामा मृत भेटिएकाले गैँडालाई निकाल्न नसकिएको तर हात्तीको सहायतामा खाग भने निकालिएको उनले जानकारी दिए । सो गैँडा भाले र पोथी कुन हो पहिचानसमेत हुन सकेको छैन ।
यसअघि गत पुसमा पूर्वी चितवनको कुमरोज क्षेत्रमा एउटा गँैंडा मृत फेला परेको थियो । वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकका अनुसार अर्को गैँंडासँग जुधेर भाले गैँंडा मरेको थियो ।
चितवन निकुञ्जमा गएको एक वर्षमा १० गैँंडा कालगतीले मरेको निकुञ्जले जनाएको छ । विगत केही वर्षदेखि चोरी सिकारबाट गैँंडा मरेका छैनन् । जिल्लमा तीन पटक शुन्य चोरी सिकार वर्ष मनाइसकिएको छ । रासस