प्रकाशित : २०७२ माघ २७ गते बुधबार
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र यू.एम.एन.को आर्थिक तथा प्राविधिक सहयोगमा धादिङ्ग जिल्लाका महादेवस्थान र पिडा गाविसमा संचालन हुने Dhading Disaater Response programme का लागि १ जना कार्यक्रम व्यवस्थापक, १ करारमा नियुक्ति गर्नुपर्ने भएको हुँदा नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण सहित २०७२ फाल्गुन ४ गते सम्म उल्लेखित ठेगानामा दरखास्त आह्वान गरिएको छ । म्याद नाघि आएको र रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौटमा परेका उमेद्धारलाई मात्र परीक्षमा समावेश गराईनेछ ।
विज्ञापन नं : २४, ०७२/०७३
पद : कार्यक्रम व्यवस्थापक आवश्यक संख्या १ जना
मुख्य जिम्मेवारीहरुः
– Dhading Disaater Response programme र बालकेन्द्रित सामुदायिक विकास कार्यक्रमको योजना, कार्यान्वयन र मुल्यांकनमा नेतृत्व गर्ने
– समुदायमा सेल्टर,खानेपानी निर्माणका कार्यक्रमहरु संचालन गर्ने
– बिद्यालय निर्माण सम्बन्धि कार्यक्रमहरु संचालन गर्ने
– समुदायमा आधारित पोषण लगायत अन्य स्वास्थ्य परामर्शसँग सम्वन्धित कार्यक्रमहरु संचालन गर्ने
– आयआर्जन लगायत जिविकोपार्जनका विभिन्न क्रियाकलापहरु संचालन गर्ने
– सहकारी विकास र आत्म निर्भर समुहहरुलाई दिगो बनाउन रणनितिहरु तयार गर्ने
– वालक्लव, युवाक्लव र नेटवर्कहरु परिचालन साथै सुशासन पद्धती विकास गर्ने
– जिल्ला स्थित सरोकारवालाहरुसंग समन्वय, सम्पर्क र सहकार्य गर्ने
शैक्षिक योग्यता र अनुभव विवरणः
– कुनै १ बिषयमा स्नातक गरी गैरसरकारी संस्थामा वा सम्बन्धित क्षेत्रमा ४ बर्षको अनुभव भएको
– कार्यक्रम व्यवस्थापक,संयोजक वा सो सरहको पदमा २ वर्षको अनुभव भएको
– शिक्षा, स्वास्थ्य,पूर्वाधार निर्माण, जिविकोपार्जन वा आयआर्जनका क्रियाकलापहरु संचालन सम्बन्धि अनुभव भएको
– मानवीय जनशक्ति परिचालन सीप भएको ।
– परियोजना प्रस्ताव लेखन र प्रतिवेदन लेखनमा राम्रो दखल भएको
– नेपाली अंगे्रजी टाईप राम्रोसँग गर्न सक्ने,MS World, Excel , Power Poin मा राम्रो दक्षता भएको
– विभिन्न विषयहरुमा तालिम सहजिकरण सीप भएको
– अंग्रेजी बोल्न र लेख्न राम्रो दखल भएको
– मोटरसाईकल चलाउने सीप र लाईसेन्स भएको
परिक्षाको किसिम : लिखित,प्रयोगात्मक र अन्तवार्ता
दरखास्त बुझउने ठेगाना : प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ
ईमेल : [email protected]
करार अवधि : १० महिना
पारिश्रमिक : संस्थाको नियम अनुसार हुनेछ ।
दरखास्त बुझाउने अन्तिम मिति : २०७२ फाल्गुन ४ गते ४ : ०० बजे सम्म मात्र
(नोट : पदपुर्ति सम्बन्धि सम्पूर्ण अधिकार प्रयास नेपाल धादिङमा निहित रहनेछ । टेलिफोन सम्र्पकलाई निरुत्साहित गरिनेछ ।)
पदपुर्ती समिति
प्रयास नेपाल धादिङ