Tue. Nov 26th, 2024

तामाकोसी पाँचौं आयोजनाको डीपीआर तयारी सुरु

tamakoshi२७ माघ, काठमाडौं – प्रस्तावित तामाकोसी पाँचौं आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयारीका लागि परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

बोलपत्रमा भाग लिएका आधा दर्जन कम्पनीको मूल्यांकन सम्पन्न भइसकेको छ । १ महिनाभित्र परामर्शदाता चयन हुने आयोजनाले जनाएको  छ ।

विद्युत प्राधिकरणले डिपिआर तयारीका लागि आहृवान गरेको बोलपत्रमा ल्याहृमेयर इन्टरनेशनल जिएमबी ९जर्मनी० वासकोर्स इन्डिया लिमिटेड ९भारत०, निस्कोन कोइ कम्पनी लिमिटड ९जापान० लगायतका कम्पनी सहभागी हुनेछन् । यीमध्ये आर्थिक एवं प्राविधिक रुपमा बलियो कम्पनी परामर्शदाता छनोट हुने छ । कारोबार दैनिकबाट

About The Author

अन्य समाचारहरु: