अधिवक्ता तोलाकुमारी पाठक –
हाम्रो जिल्लामा बलत्कारको घटनाहरु बढ्दो मात्रामा छ विगतको वर्षको तुलनामा यो वर्षमा अत्याधिक मात्रामा बढिरहेको कुरा कानूनी उपचारका लागि जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको जाहेरी दरखास्त र अदालतमा कारवाहीका लागि सूनूवाई भईरहेको घटनाहरुलाई बाट स्पष्ट रुपमा देख्न सकिन्छ ।हाम्रो जस्तो पितृसतात्तमक सोंच भएको समाजमा कुनै पनि महिला आफूलाई बलत्कार भयो भनेर सजिलै व्यक्त गर्न सक्दैनन् । यदि कसैले भन्ने साहस गर्नु भनेकोे आफू समाजबाट अपमानित हुनु हो न्यायको नाममा अन्याय सहनु हो ।
एकातिर आफूलाई वलत्कारको पिडा त हुन्छ अर्को तिर उनीहरुको सामाजिक जीवनमा समेत अपहेलित हुनु पर्ने हुन्छ । जीवनभरी स्थापित नभई विस्थापित हुनु पर्ने अवस्था आउदछ र आईरहेको अवस्था छ । बलत्कारीले सकेसम्म सजाय भोगि सके पछि पनि त्यै समाजमा गएर ठालु वन्ने पिडितको परिवारलाई धम्काउने गर्दछन् । यता पिडितले भने समाजबाट अपहेलना र वलत्कृत भएको उपमा बाहेक अरु केही पाउदैन । पिडितको उचित न्यायको अनुभूति नपाउनुको कारण बलत्कारका कतिपय घटनाहरु समुदायमै लुकाईन्छि र मिलाईन्छ । जसका कारण बालबालिकाको जन्म समेत भई उनीहरुको पहिचानको प्रश्न उठ्न र उनीहरुको नाता कायम को लागि अदालत सम्म धाउने गरीएको अवस्था छ । त्यति बेला पनि समाजले आक्षेप लगाउने भनेको महिलालाई नै हुन्छ ।
पुरुष त समाजको ठालु नै हुन्छ किनकी अरुलाई बलत्कार गर्दैमा पुरुषको केही गुम्दैन भन्ने सोंच आज पनि मानव मानस्पटल मै स्थापित भई सकेको छ । कतिपय सहमतिमा भएका र झुटा जाहेरी र वयान सहितको वलत्कारका घटना लिएर कानूनी कारवाहीमा आउने गरेको छ भन्ने कुरा भर्खरै मात्र जाहेरवाली नै ३ महिना कैद र २ हजार रुपैया जरीवाना समेत माननीय न्यायधिस श्री ईश्वरराज आचार्यको ईजलासले ्गनुृ भएको फैसलाले स्पष्ट गर्दछ । गलत नियत लिएर गरीएको कार्यमा जो कोही पनि उन्मुक्ति पाउने अवस्था हुदैन ।
जवरजस्ती करणीको घटनामा वलत्कारीलाई कैद र क्षतिपूर्ति भएका घटनाहरुलाई लिएर एक जना विद्धान मित्रले आईमाईले जे गरे पनि हुन्छ र आईमाईको बोलि मै शव थोक छ भन्नु भएको थियो उहाको लागि पनि यो फैसलाले चुनौति दिएको छ कि अव पनि तपाईले भन्नु भए जस्तै महिलाले जे भने पनि सहि हुन्छ त ? कदापी हुने रहेन छ ? किनकी महिलाले भन्दैमा सबै कुरा सहि हुदैन प्रमाण विना अदालत, प्रहरी, प्रशासन र कानून व्यवसायी लगायत का समयहरु वर्वाद गर्ने लाई सजाए हुन्छ र कुनै पनि व्यक्तिलाई विना कसुर सजाए हुने रहेनछ भन्ने कुराको स्पष्ट भई सकेको छ । तपाई कै वहसबाट यो पुष्टि भई सकेको छ ।
गल्ति भए महिला पनि जेल जान्छन भन्ने कुरा । बलत्कार भएर पनि विभिन्न प्रलोभनमा परि अदालतमा आउदा हतोत्साहित भई बकपत्र गरेका अरु घटनाहरु पनि यदाकदा सुनिन्थे । पैसा पाउछु भनेर राम्रै्र दाम कमाउने उद्देश्यले हत्तोत्साही भएर अदालतमा बयान दिएता पनि प्रतिवादि छुटेपछि पाँच हजार मात्र पाएको घटना पनि एक जना महिलाबाट सुनेकोे थिए । केही समय अगाडि वलत्कारको उद्योगमा एस ए ल सि दिने अघिल्लो दिन पक्राउ परेका एक घटनामा पनि पिडितले बयान कै कारण कसुरबाट मुक्ति पाएका र उनको जीवनमा ठूलो अवसर गुमाएका कुरा परिवारले बताएका थिए । विना कसुर कुनै पनि व्यक्ति विरुद्ध उजुर गर्नु ठिक होईन र पैसाको लागि गलत वकपत्र गर्नु अर्को चुनौति घातक हो भन्ने कुरा सम्पूर्ण व्यक्तिहरुले सिक्न पर्ने अवस्था छ । बलत्कार जस्तो गम्भिर अपराधमा कुनै पनि खेल खेल्नु सबैको लागि घातक र अपराध पनि हो ।
बलत्कार के हो ?
कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा सोह्र वर्ष भन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा बलत्कार गरेको ठहर्छ । डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी, अपहरण गरी वा शरीर बन्दकमा पारी मञ्जुरी लिई करणी गरेमा यसमा महिलाले मञ्जुरी दिएको भनी मानिने छैन । यसलाई पनि बलत्कार नै मानिनेछ । आफ्नै श्रीमानले श्रीमतीको मञ्जुरी विना जवरजस्ती यौन सम्पर्क राख्नुलाई बैबाहिक वलत्कार भनिन्छ । श्रीमानद्धारा श्रीमती माथि गर्ने बैबाहिक वलत्कार पनि अपराध हो । बैबाहिक वलत्कार गर्ने पुरुषलाई ३ वर्ष देखि ५ वर्ष सम्म कैद हुन्छ ।
बलत्कार भएमा उजुरी प्रकृया : बलत्कार भएमा ६ महिन भित्र नजिकको प्रहरी कार्यालयमा गर्नु पर्दछ । बलत्कारको उजुरी जो सुकैले पनि गर्न सक्दछ । बलत्कार सम्बन्धि अनुसन्धानको सिलसिलामा पिडित महिलाको बयान महिला प्रहरीद्धारा गराउनुपर्दछ । यदि महिला प्रहरी कर्मचारी नभएमा समाजसेवि महिलाको उपस्थितिमा मात्र पुरुष प्रहरी कर्मचारीले बयान गराउनु सक्दछन् ।
स्वास्थ्य परिक्षण र विशेषज्ञको राय ः बलत्कृत महिलाले प्रहरीमा उजुरी गरी प्रहरीको सहयोग यथाशिघ्र स्वास्थ्य परिक्षण गराउनु पर्दछ । बलत्कारको मुद्धामा स्वास्थ्य परिक्षण प्रतिवेदन महत्वपूर्ण प्रमाण हो जसले मुद्धा चल्दाको अवस्थामा प्रमाण पु¥याउनकोृ लागि महत्वपूर्ण भूमिका खेल्दछ ।
प्रमाण को सुरक्षा सम्बन्धि : बलत्कार भए पश्चात प्रमाणको सुरक्षा गर्नु पर्दछ । नुहाउन हुदैन । घटना स्थलको प्रकृति वदल्नु हुदैन । बलतकार हुदा लगाएको कुनै पनि लुगा धुनु हुदैन । स्वास्थ्य परिक्षण नगरी यौन सम्पर्क राख्नु हुदैन ।
बलत्कार सम्बन्धि घटनामा पिडितको लागि क्षतिपूर्तिको व्यवस्था : कसैले कुनै महिलालाई बलत्कार गरेको ठहरे पश्चात अदालतले पिडित महिलालाई भएको शारीरीक र मानसिक क्षति विचार गरी उपयुक्त ठहरयाई बमोजिमको क्षतिपूर्ति कसुरदारबाट भराई दिनु पर्दछ । कुनै पनि अभियुक्त को बलत्कार सम्बन्धि मुद्धा अदालतमा चलिरहेको अवस्थामा आफ्नो अंशमा रहेको सम्पती बेचविखन नगरोस र नलुकाओस भन्ने उद्देश्यले अभियुक्तको अंश रोक्का गर्न सकिने व्यवस्था छ । जसको कारण अदालतले पिडितलाई क्षतिपूर्ति दिदा सोहि बाट भराईदिन सक्ने व्यवस्था मिलाउदछ । क्षतिपूर्ति स्वरुप उचित रकम पिडितलाई भराईदिनु पर्नेछ । जवसम्म अदालतले गरेको फैसला बमोजिम कसुरदारले पिडितलाई क्षतिपूर्ति दिदैन तव सम्म कुरदारको सम्पति रोक्का नै रहन्छ । बेचविखन गर्न पाउदैन । यदि कसुरदारको सम्पति नभएको अवस्था र बलत्कारको कसुरबाट पीडितले क्षतिपूर्ति नपाउने देखिएमा अदालतले सम्बन्धित महिला तथा बालबालिका कार्यालय बाट आदेश गर्न सक्नेछ । त्यसरी आदेश भएमा सो कार्यालयबाट क्षतिपूर्ति बापतको रकम तत्काल पिडितलाई उपलव्ध गराउनु पर्नेछ ।
गोपनियताको व्यवस्था : मुद्धाको कारवाहिको क्रममा बलत्कृत महिलासँग सम्बन्धित जानाकारीहरु सबै जनाले गोप्य राख्नु पर्दछ । बलत्कारको घटनाको प्रचार प्रसारको क्रममा स्वीकृत विना पिडित वास्तविक नाम र फोटोहरु सार्वजनिक गर्नुृ हुदैन । यसलाई मध्ये नजर गरी प्रहरीमा जाहेरी देखि नै पिडितको नाम ठेगाना परिवर्तित नाम भनिएको हुन्छ । बलत्कारको मुद्धाको उजुरी देखि फैसला कार्यान्वयन सम्मको कारवाहीको क्रममा पिडितले अनुरोध गरेमा कानून कार्यान्वयन गर्ने निकायहरुले पिडितको बास्तविक नामको सट्टामा नाम वा संकेतको प्रयोग गर्नु पर्दछ ।
बन्द ईजलासको व्यवस्था हुनु पर्ने : बलत्कारको मुद्धाको सुनुवाई हुदा कानून व्यवसायी, अभियुक्त, पिडित महिला र निजको संरक्षक र अनुमति पाएका प्रहरी र अदालतको कर्मचारी मात्र उपस्थित हुन पाउने बन्द ईजलासमा गर्नु पर्दछ । खुल्ला ईजलासमा गर्दा पिडितको सुरक्षालाई ध्यानमा राखि बन्द इजलासमा सुनुवाई गर्ने
बलत्कारमा हुने सजाय
– १० वर्ष मुनिको बालिकालाई बलत्कार गरेको रहेछ भने १० देखि १५ वर्ष सम्म कैद हुन्छ । १० वर्ष माथि १४ वर्ष मुनिको बालिकालाई बलत्कार गरेको रहेछ भने ८ देखि १२ वर्ष सम्म कैद हुन्छ ।
– १४ वर्ष माथि १६ वर्ष मुनिको बालिकालाई बलत्कार गरेको रहेछ भने ६ देखि १० वर्ष सम्म कैद हुन्छ ।
– १६ वर्ष को महिलालाई बलत्कार गरेको रहेछ भने ५ देखि ८ वर्ष सम्म कैद हुन्छ ।
बलत्कारको उद्योग
बलन्कारकोे उद्योग भन्नाले कुनै महिलामाथि बलत्कारको लागि प्रयास भएको तर केही कारण परि बलत्कार भने नभएको अवस्था हो यदि बलत्कार भएको छैन तर बलतकारको उद्योग भएको छ भने बलत्कारको अपराधमा हुने सजायको आधा सजाय हुन्छ ।
सामुहिक बलत्कार
दुई वा दुई भन्दा बढि व्यक्ति मिलि गर्ने बलत्कारलाई सामूहिक बलत्कार भनिन्छ । सामूहिक बलत्कारमा अन्यको सजायमा थप पाँच वर्ष कैद सजाय हुन्छ ।
गर्भवति महिलाको बलत्कार
गर्भवति महिलामाथि गरिने बलत्कार गम्भिर प्रकृतिको बलत्कार मानिन्छ । यस्तो बलत्कारमा थप ५ वर्ष कैद सजाय हुन्छ ।
आफूलाइृ एच आई भि संक्रमित छु भन्ने थाहा पाई अरुलाई बलत्कार गरेमा थप १ वर्ष कैद सजाय हुन्छ ।
हाडनाताको सम्बन्धभित्र बलत्कार गरेमा बलत्कारमा हुने सजायको अतिरिक्त नाता सम्बन्ध अनुसार जन्म कैद सम्मको थप सजाय हुन्छ ।
कैद वा थुनामा रहेकी महिलालाई बलत्कार गरेमा हुने सजाय
कैद वा थुनामा रहेकी हुनै महिलालाई सरकारी कर्मचारीले बलत्कार गरेमा वा गर्न अरु कसैलाई संयोग पार िमिलाई दिएमा १ वर्षदेखि ३ वर्षसम्म थप कैद सजाय हुन्छ । यस्तै सेवा लिन आएको कुनै महिलालाई चिकित्सक वा स्वास्थ्यकर्मीले तथा पुनरास्थापना केन्द्रमा राखिएकी महिलालाई संस्थाको पदाधिकारी वा कर्मचारीले बलत्कार गरेमा पनि १ वर्षदेखि ३ वर्षसम्म थप कैद सजाय हुन्छ ।
महिलालाई सतित्वको रक्षा सम्बन्धि अधिकार
बलत्कार गरीसकेपछि महिला भाग्न उम्कन सक्ने अवस्था नभई बलत्कार बाट बच्न हारगुहार गर्दा समेत
सहयोग नपाई आफ्नो सतित्व बचाउन प्रतिकार गर्दा बलत्कारीको मृत्यृ हुन गएमा ज्यानमाराको बात लाग्दैन । यसरी बलत्कारको घटना घटिसकेपछि त्यसको रिस थाम्न नसकि घटना घटेको १ घण्टा भित्र घटनास्थलमा वा लखेट्दै केही गर्दा बलत्कारीको मृत्यु हुन गएमा पनि ज्यानामराको वात लाग्दैन ।