Thu. Mar 13th, 2025

आज सोनाम लोछार, धादिङमा पनि मनाइदै

loshaer२६ माघ धादिङ -तामाङ समुदायको नयाँ वर्ष २८५२ औँ ‘सोनाम लोछार’ मंगलबार मनाइँदै छ ।

लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो । सो समुदायले सोही पर्वका अवसरमा एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने प्रचलन छ ।

विशेष गरी उक्त समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् ।

तामाङ्ग समुदायले आज घोडा वर्षलाई बिदाई गर्दे भेडा बर्षलाई स्वागत गर्दछन । उनीहरूले मीठा मीठा खानेकुरा पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ । पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, गेडागुडीका परिकार, मासु तथा रक्सीलगायत खानेकुरा पनि खाइन्छ ।

मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदेशनाका रुपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा सो पर्व मनाउने गरिएको जनविश्वास रहेको तामाङ्ग समुदायको भनार्इ छ ।

सोनाम लोछारको अवसरमा धादिङमा पनि नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणि समिति धादिङले विभिन्न कार्यक्रमको आयोजना गर्दै छ।

About The Author

अन्य समाचारहरु: