२५ माघ, धादिङ – भारतमा चलिरहेको १२ औं सागमा नेपालका नीमा घर्ती मगरले पहिलो स्वर्ण पदक जितेको छ । उसुको नान्ताओउ तर्फ १६ वर्षकी नीमाले स्वर्ण पदक जितेकी हुन् ।
आइतबार छान छुवानमा जितेकी नीमाले सोमबार नान छुवानमा पनि जित्दै स्वर्ण पदक जितेकी हुन् । नीमा नेपाल आर्मी टिमकी खेलाडी हुन् ।
आइतबार भएको पहिलो चरणमा उनले ८ दमलव ४५ र सोमबार भएको दोस्रो चरणमा ८ दशमलव ४६ गरी कुल १६ दशमलव ९१ अंक ल्याइन् । यो स्पर्धामा भारतकी खेलाडीले रजत र पाकिस्तानकी खेलाडी काश्य पदक जितिन् ।
डनबस्को स्कुलमा कक्षा १० मा अध्ययनरत मगरको घर रोल्पा हो । उनी अहिले ललितपुरको ग्वार्कोमा बस्दै आएकी छन् । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी नीमाले स्वर्ण पदक जितेकी हुन् । खेलपछि उनले यो सागमा देशका लागि पहिलो स्वर्ण दिलाउन सफल भएकोमा आफूलाई निकै खुसी लागेको बताइन् ।
यस्तै उसुको नानकुन तर्फ नेपालले सोमबार एक रजत पदक जितेका छन् । सोमबार भएको प्रतिष्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका छन् ।
उनले आइतबार भएको पहिलो चरणमा ८ दशमलव ८८ र सोमबार भएको दोस्रो चरणमा ९ दशमलव २१ गरी कुल १८ दशमलव १३ अंक प्राप्त गरे । यो स्पर्धामा भारतले स्वर्ण जित्यो । भारतका खेलाडीले युवराजे भन्दा मात्रै शुन्य दशमलव ७ अंक मात्रै बढी ल्याएका हुन्