Wed. Mar 5th, 2025

प्रधानमन्त्री ओलीमाथि नेता नेपालको गम्भीर आरोप

madhav-kumar-nepal२४ माघ, पाल्पा – एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा सरकार सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी, पाल्पा शाखाद्वारा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी समितिसँग सरकार सञ्चालनको विषयमा कुनै सरसल्लाह, छलफल नगरेको बताए ।

एमालेको नेतृत्वमा सरकार सञ्चालन भएको अवस्थामा पार्टीमा पनि सरकार सञ्चालनको अनुभव भएका व्यक्तिहरु प्रशस्त रहेकाले, पार्टीभित्र छलफल होस्, प्रधानमन्त्री तथा पार्टी अध्यक्षले समय समयमा सुझाव सल्लाह लिनुहोस् भन्ने अपेक्षा आफूहरुको रहेको वरिष्ठ नेता नेपालले उल्लेख गरे ।

तर यस्तो शुभअवसर सरकार सञ्चालनको चार महिनाको अवधिमा प्रधानमन्त्रीले जुटाउन नसकेको नेपालको भनाइ छ ।

नयाँ जोगीले बढी खरानी घस्छ भने झैँ नयाँ शक्तिको नेपालमा कुनै औचित्य नभएको नेता नेपालले धारणा राखे ।

आफ्नो नेतृत्वमा सरकार हुँदा केही गर्न नसक्ने डा बाबुराम भटटराईले बाहिर निस्केपछि ठूला कुरा गर्नुको कुनै औचित्य नभएको नेता नेपालले बताए ।

सङ्घीय संरचनाको विषयमा अहिले भएको सात प्रदेशलाई चलाउन नहुने बताउँदै पूर्व प्रधानमन्त्री नेपालले तराईमा भइरहेको आन्दोलन मधेसी जनताको नभई केही जमिनदारको भएको साथै विदेशीको इसारा र आशीर्वादमा भएको धारणा राखे ।

जहाँ जस्तो जनताको भावना छ त्यहीअनुसार प्रदेश निर्माण भएको नेपालले दाबी गरे । रासस

About The Author

अन्य समाचारहरु: