Tue. Nov 26th, 2024

इजरायलमा कमाएर धादिङका विद्यालयलाई सहयोग

help school२३ माघ, धादिङ – इरायलमा कार्यरत नेपाली कामदारहरुले धादिङ जिल्लाका भुकम्पले क्षतिग्रस्त ९ वटा विद्यालयहरुलाई मर्मत सम्भार र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेका छन् ।

धादिङको बुढाथुममा रहेको सातथर निम्न माध्यमिक विद्यालय, कल्लेरीमा रहेको तिनकन्या प्राथमिक विद्यालय सेम्जोङमा रहेको शान्ति प्राथमिक विद्यालय, मूलपानीमा रहेको सरस्वति प्राथमिक विद्यालय, खहरेमा रहेको जलजले भञ्ज्याङ प्राथमिक विद्यालय, गजुरीमा रहेको सुन्दर प्राथमिक विद्यालय, गोगनपानीमा रहेको जनसेवा निम्न माध्यमिक विद्यालय, सलाङमा रहेको मालिका प्राथमिक विद्यालय र चैनपुरमा रहेको सिमलगैरी निम्न माध्यमिक विद्यालयलाई सहयोग गरेका हुन् ।

कर्मले संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो जन्मभूमि जन्मस्थानको सेवा गर्नु हाम्रो कर्तव्य हो भन्दै थालिएको सो अभियानमा संकलन गरिएको ९ लाख ७२ हजार रुपैयाँ रुपनाथ पाठक र पवन सिलवाल मार्फत धादिङ जिल्लाका जिल्ला शिक्षा अधिकारी गणेश ढकालद्धारा सम्बन्धित विद्यालयका प्रतिनिधिहरुलाई उपस्थित गराई प्रदान गरिएको हो ।

प्रत्येक विद्यालयको पुर्ननिर्माणमा सहयोगका लागि प्रति विद्यालय १ लाख ८ हजारका दरले प्रदान गरिएको हो ।

रोजगारीको सिलसिलामा इजरायल पुगेका नेपालीहरुले यस अघि नै भुकम्प पिडित सहयोग अभियान सञ्चालन गरी चरणबद्ध रुपमा भुकम्पले अति प्रभावित विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएका थिए ।

About The Author

अन्य समाचारहरु: