२३ माघ, धादिङ – नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री मोहमत अस्ताक आलमले चिकित्सकहरुलाई आफ्नो पेशाप्रति मर्यादित हुन आग्रह गरेका छन् ।
क्यान्सर काउन्सिल नेपाल, सेफ द हाट, कुलप्रसाद-चेतकुमारी धमला स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा शनिबार जिल्ला अस्पताल धादिङबेसीमा आयोजना गरिएको शिविरलाई सम्बोधन गर्दै स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकाले मर्यादित बनाउन आग्रह गरेका हुन् ।
उनले १५ वेटको स्वास्थ्य सेवालाई धादिङे जनताको माग अनुसार ५० वेटको बनाउन स्वीकृत दिने समेत बताए ।
भूकम्पको समयमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला अस्पताल धादिङ सम्मानित भएको थियो ।
कार्यक्रम क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाको अध्यक्षतामा भएको थियो ।