२३ माघ, धादिङ – नुवाकोटको मदानपुर ८ मा माइक्रोबस दुर्घटना हुँदा ८ जनाको मृृत्यु भएको छ ।
काठमाडौंबाट त्रिशुलीतर्फ जाँदै गरेको बा १ ज ७५ ८३ नम्बरको माइक्रो सडकबाट झण्डै ३ सय मिटर खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छैन । मृतकहरु अधिकांश तालिमे सैनिक रहेको जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। दुर्घटना परी घाइते भएका ६ जनाको स्थिति गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।