२३ माघ, नुवाकोट –राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोगमा निर्माण भएको जिल्ला दैवीप्रकोप उद्धार समिति र जिविस कार्यलयको शुक्रबार उद्घाटन गरिएको छ ।
युएनडिपीका राष्ट्रिय निर्देशक रेनो मायर, जिल्ला दैवीप्रकोप उद्धार समितिका प्रमुख एवं प्रजिअ उमेशकुमार ढकाल र स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले भवन उद्घाटन गरेका हुन् ।
भवन उद्घाटनपछि आयोजित कार्यक्रममा राष्ट्रिय निर्देशक मायरले आफ्नो संस्थाले जिल्लामा सार्बजनिक सेवा प्रवाह गर्ने संस्थालाई बढी प्राथमिक दिइनाका साथै भूकम्पपीडितलाई जीविकोपार्जन गराउनका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।
प्रअिज ढकालले ती भवनको उपयोग गर्दै सेवा प्रवाहलाई प्रभावकारी रुपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
जिविसको भवन रु ३९ लाख ८६ हजार र उद्धार समितिको भवन रु २५ लाख ६७ हजारमा निर्माण भएको हो । युएनडिपीले थप रु आठ लाख खर्च गरी दुवै कार्यालयमा सौर्यशक्ति समेत जडान गरेको छ ।