२३ माघ, धादिङ – गजुरी अस्पताल प्रा.लि गजुरीमा कार्यरत डाक्टर मनोज कुमार शाहलाई नक्कली सर्टिपिकेटर पेश गरी मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
विगत ८ महिनादेखि उक्त अस्पतालमा कार्यरत शाहलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
एन एम सी नम्बर १३३८८ उल्लेख भएको प्रमाणपत्र पेश गरी शाह उक्त अस्पतालमा जनरल फिजिसियनको रुपमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरक्षिक सविन प्रधानका अनुसार गजुरी स्थित गजुरी अस्पतालमा प्रमाणपत्र नक्कली पेश गरेर काम गर्दै आएको जानकारीका आधारमा पक्राउ गरिएको जानकारी दिए ।
व्यक्तिगत रिसिबिका आधारमा उजुरी गरी उनलाई प्रहरीले पक्रेको अस्पताल प्रशासनको भनाई छ । अस्पतालका कार्यकारी निर्देशक राम कार्कीले डा.शाहले पेश गरेको डकुमेन्ट कुनै पनि नक्कली नभएको जानकारी दिए ।