Tue. Feb 25th, 2025

आधुनिक मेसिनको प्रयोगले पानीघट्टक प्रयोगविहिन बन्दै

 

GHATTA

धादिङ – खोलाको किनारामा पानीबाट चलाइने पानीघट्ट अहिले प्रयोग विहिन हुन थालेको छ ।

 
बढ्दो आधुनिकीकरण र विद्युतको बढ्दो प्रयोगले गर्दा पानीबाट चल्ने घट्टको प्रयोगमा कमी हुदै गएको हो । धादिङका विभिन्न ठाँउहरुमा विद्युतबाट चल्ने मिलहरु सञ्चालनमा आउन थालेपछि थौरै समयमा चामल, मकै, कोदो, गहुँ लगायतका खाद्यन्नहरु पिस्नका लागि सजिलो हुुने गरेकोे स्थानीयहरु बताउँछन् ।

 
धादिङ जिल्लामा हाल ३ सयभन्दा बढी पानी घट्टहरु संचालनमा रहेका छन् तर पहिलेको तुलनामा कमै मात्रामा मानिसहरु आउने गरेको घट्ट सञ्चालकहरु बताउँछन् । घट्टबाट पिसेको खाद्यन्नहरु स्वादिष्ट मिठो हुने भएकाले केही मानिसहरु भने पिठो पिन्न घट्टमा नै धाउने गरेको छ ।

 
पानीघट्टबाट अन्न पिस्न बढी समय लाग्ने र पिसाइ पनिराम्रो नहुने भएकाले यसको प्रयोगमा कमी आएको हो । विद्युत पुगेका ठाँउहरुमा यसको प्रयोगमा कमी भएतापनि विद्युत नभएका ठाँउमा भने अझै पनि घट्ट प्रयोगमा आइरहेको छ ।

 
पानीघट्ट पानीबाट चल्ने अथवा घुम्ने एकप्रकारको यन्त्र हो, जसको प्रयोगबाट मकै, गहु लगायतका खाद्यन्नहरु पिस्न सहयोग हुन्छ । यिनीहरु हाम्रा पूराना सम्पतिहरु हुन् । यस्ता सम्पतीहरु भाबी पुस्तालाई देखाउन पनि जोगाइराख्नु जरुरी देखिन्छ ।

 
समयको प्रवाहसँगै नेपाली जनजीवनमा पनि आधुनिक प्रविधिले बेस्सरी प्रभाव पारेको छ । नेपाली मौलिक प्रविधिहरु दिनानुदिन लोप हुँदैछन् । यसको संरक्षणमा आधुनिक पुस्ताहरु पनि लागी पर्नुपर्ने देखिन्छ ।

About The Author

अन्य समाचारहरु: