Wed. Mar 5th, 2025

कांग्रेसका को–को छन् सभापतिको आकांक्षी ?

congress-electionकाठमाडौं – कांग्रेसको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आधा दर्जन दोस्रो पुस्ताका नेता आसन्न तेह्रौं महाधिवेशनमा सभापतिको आकांक्षी बनेका छन् । सभापतिका लागि नेतात्रय सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आन्तरिक तयारी तीव्र बनाइरहेका बेला दोस्रो पुस्ताका नेताले पनि उपसभापतिमा चुनाव लड्ने सार्वजनिक गर्न थालेका छन् ।

पार्टीलाई युवाको काँधमा लैजानुपर्ने भन्दै महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेत्री सुजाता कोइराला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र रामशरण महतले सभापतिमा चुनाव लड्ने धारणा सार्वजनिक गर्दै आएका छन् । कतिपयले भने यी नेताको आकांक्षा पदाधिकारीमा बार्गेनिङ गर्ने तुरुपका रुपमा व्याख्या गरेका छन् ।

सिटौला, केसी , महत , सुजाताले देश दौडाहा गर्दै सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन् भने सिंहले गत आइतबार सभापतिले बोलाएको परामर्श बैठकमा सभापतिको आकांक्षी रहेको खुलासा गरेका हुन् ।

About The Author

अन्य समाचारहरु: