Fri. Jan 31st, 2025

युु–१९ विश्वकप क्रिकेट : भारतलाई नेपालको १७० रन चुनौती

nepali१८ माघ, धादिङ – बंगलादेशमा भइरहेको यु–१९ विश्वकपमा  नेपालले भारतलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरको खेलमा ८ विकेट गुमाउँदै १६९ रन बटुलेको हो ।

नेपालले खेलको इनिङको पहिलो ओभरमै ओपनर सुनील धमलालाई शून्य रनमा गुमाएको थियो । योगेन्द्रसिंह कार्की ७ रनमा आउट भए ।

बंगलादेशमा जारी प्रतियोगीतामा कप्तान राजु रिजाल ६ रनमै आउट भए । सन्दिप सुनार ३७ रनमा आउट भए भने उपकप्तान आरिफ शेख २६ रनमा आउट भए । दीपेन्द्र ऐरी रनआउटमा नै सिमित भए । कुशल भुर्तेल ६ रन बनाएर आउट भए । राजवीर सिंह ३५ रनमा आउट भए ।

About The Author

अन्य समाचारहरु: