१७ माघ, धादिङ – पृथ्वीराजमार्ग अन्र्तगत धादिङको नौविसे गाउँ विकास समिति वडा नम्बर १ चालिसेममा आइतबार बसले मोटरसाईकललाई ठक्कर दिदा मोटर साईकलमा सवार एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी अर्का एक जना गम्भिर घाईते भएका छन । काठमाण्डौबाट धादिङबेसी आउँदै गरेको बा ३ ख ६१३८ नम्बरको बसले सोहि दिशामा रहेको आउदैँ बा ६२ प ५७१७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
मुतकको अहिले सम्म सनाखत हुन सकेको छैन । ठक्कर दिने बस र चालकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ । घाईतेको कलंकी स्थित सिटी अस्पतालमा उपचार भईरहेको छ ।मृतका शव पोष्टमार्टको लागी शिक्षण अस्पतालमा राखिएको छ ।