Thu. Mar 13th, 2025

भत्किएका विद्यालय कस्ले बनाउने ?

naubeshi-school-1 १८ माघ, काठमाडौं – भूकम्पले पूर्णरुपमा ध्वस्त भएका विद्यालय भवन पुनर्निर्माण गर्न अझै ६ महिनाभन्दा बढी समय लाग्ने भएको छ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले १० जिल्लाका विद्यालय भवन बनाउने निर्णय गर्दै शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्री प्रमुख रहेको योजना कार्यान्वयन इकाइ गठन गरी काम सुरु भएको जनाइसकेका छन् । तर, सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणसँग सहकार्य नगरी मन्त्रालय एक्लैले काम गर्न थालेपछि मन्त्रालयले अघि बढाएको काम अपुरो हुने भएको छ।

प्रधानमन्त्री अध्यक्ष रहेको प्राधिकरणले भूकम्पले पूर्ण र आंशिक क्षति भएका संरचनाको पुनर्निर्माण गर्ने दायित्व आफूमा रहेको जनाउँदै शिक्षा मन्त्रालयलाई छलफलमा बोलाएर प्राधिकरणको मातहतमा रहेर काम गर्नु पर्ने जनाएपछि मन्त्रीको योजना अलपत्र हुने भएको छ।
शिक्षामन्त्री पोखरेलले भूकम्प अति प्रभावित र १४ जिल्लासमेत गरी करिब ५० जिल्लामा कार्यालय स्थापना गरेर काम थाल्ने घोषणा गरेलगत्तै मन्त्रालयको कामप्रति सशंकितत भएर प्राधिकरणले छलफलमा बोलाएको थियो। नेपाल समाचार पत्र  

About The Author

अन्य समाचारहरु: