१७ माघ, धादिङ – साउदी अरबको दम्माम स्थित साद साह्मीअल हजारी कम्पनीका कामदारहरु भोक भोकै बस्न बाध्य भएका छन् । कम्पनिले ४ महिना देखि तलब नदिएका कारण बाटोमा नै अलपत्र परेका छन् ।
कम्पनीमा नेपाली कामदार २०० भन्दा बढि छन् । तर पनि बिदेशमा पैसा कमाउने र परिवारको खुशिका लागि विदेशीएकालाई घर फर्कन समेत समस्या परेको छ ।
नाम लखुलाउने सर्तमा एक नेपाली कामदारले भने – हत्तपत्त साहु भेटिदैन, भेटेर गुनासो गर्दा पनि कुनै प्रतिकृया दिदैनन् ।
उज्वल भविष्य बोकेर कमाउन विदेशीएकाहरु अहिले अलपल्लमा परेका छन् । घर फर्कने पैसा समेत नभएको कामदारहरु बताउँछन् ।
तलब नपाएर बिचल्लीमा नेपाली कामदार सहित बंगलादेश, भारत, श्रीलंका, फिलिपिन्स, पाकिस्तान, यमन र इजिप्टका पनि कामदार रहेका छन्।
अलपत्र पर्नेमा धादिङ जिल्लाका २० जना भन्दा बढी छन् । खान त पाएनौ तर घर फर्कन समेत पाएका छैनौ एक कामदारले पाविलन्युज डटकमलाई बताए ।