Tue. Mar 4th, 2025

‘पहाड-तराई मिल्न नदिने षड्यन्त्र’

bhim-rawal१६ माघ, भीमदत्तनगर – उपप्रधानमन्त्री भीमबहादुर रावलले तराई–पहाडलाई मिल्न नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा आयोजित एमाले महाकाली अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण भेलाको दोस्रो दिन आज बिहान सम्बोधन गर्दै एमाले उपाध्यक्ष रावलले तराई-पहाडलाई मिल्न नदिएर नेपालीको एकता टुटाउने षड्यन्त्र भइरहेको धारणा राखे ।

धेरै बहस, छलफलबाट संविधान जारी भएको होु, उनले भने, बहुमतबाट पारित संविधानलाई जलाउनु भनेको नेपालीको भावना र मनलाई जलाउनु हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका क्रममा भारतीय भूमिबाट आन्दोलनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्नु गलत कदम भएको उनको भनाइ थियो ।

हामीले संविधान जारी गर्दा छिमेकीले नाक खुम्च्याउनुपर्ने किन रुु, नेता रावलले भने, अब संविधान प्रारम्भिक कार्यान्वयनको चरणमा प्रवेश गरिसक्यो ।

प्रदेश सङ्ख्या थोरै बनाउने चाहना भए पनि सहमतिकै लागि सात प्रदेश घोषणा गरिएको उनको भनाइ थियो । रासस

About The Author

अन्य समाचारहरु: