१५ माघ, काठमाडौं । भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली भ्रमण तय भएको जनाएको छ ।
नाकाबन्दी नहटेसम्म भ्रमणमा नजाने प्रधानमन्त्री ओलीको भनाई सार्वजनिक भइरहेका बेला भारतीय विदेश मन्त्रालयले ओली भारत भ्रमणमा आउने खबर पाएको बताएको छ ।
भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको जानकारी दिएको भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसले जनाएको छ । ‘तपाईँहरुलाई थाहा नै छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओली प्रधानमन्त्री बन्दा पनि निम्तो दिइएको हो । अब हामीलाई बताइएको छ कि नेपालका प्रधानमन्त्री भारतको भ्रमणमा आउनुहुनेछ’, भारतीय विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भने, ‘मिति भने कुटनीतिक माध्यममार्फत तय गरिनेछ ।’राजधानी दैनिक