Tue. Nov 26th, 2024

शैक्षिक सामग्री र शैली अपनाएर शिक्षण गर्न आग्रह

teacher advice१४ माघ, धादिङ -सामुदायिक विद्यालय सुधार अभियानका बारेमा आज धादिङको वैरेनीको गल्छीमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । बागेश्वरी उच्च मावि बैरेनी स्रोतकेन्द्रको आयोजना र जिल्ला शिक्षा कार्यालय धादिङको समन्वयमा कार्यक्रम गरिएको हो ।

बागेश्वरी उमाबि बैरेनीका प्रधानाध्यापक राजन प्रसाद अधिकारीको अध्यक्षता भएको कार्यक्रममा प्राध्यापक तथा शिक्षा बिद् डाक्टर बिद्यानाथ कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै शिक्षाबिद् बिद्यानाथ कोईरालाले सामुदायिक बिद्यालय सुधारका लागि शिक्षकको महत्वपूर्ण भुमिका रहने भन्दै अब्बल बिद्यार्थी निर्माणका लागि बिद्यार्थीको क्षमता यूग सुहाँउदो शैक्षिक सामग्री र शैली अपनाएर शिक्षण गर्न आग्रह गरे । बिद्यार्थीको रूचि भाबना धर्म सस्कृँति अनुसार सिकाउने र राम्रो काम गर्ने शिक्षक र बिद्यार्थीलाई सम्मान गर्न समेत शिक्षकहरुलाई आग्रह गरे ।

About The Author

अन्य समाचारहरु: