१४ माघ, काठमाडौं – सामाजिक सुरक्षा कोषको नाममा संकलन गरिएको झण्डै १५ अर्ब रुपैयाँ विनाकाम सकिएको छ । सञ्चालनमा आएको ६ बर्षभन्दा बढी समय बितिसक्दा पनि कोषको रकम लक्ष्यअनुसार नभई आफूखुसी खर्च गरिँदै आएको छ ।
कोषका कार्यकारी निर्देशक राजु थापाले कोष सञ्चालनमा आएको आधा दशकभन्दा बढी समय बितिसके पनि हालसम्म कोषको रकम परिचालन सम्बन्धि कुनै पनि काम आफैले गर्न नपाएको बताए । कोष सञ्चालनमा आए पनि त्यससम्वन्धी ऐनरनियमको व्यवस्था नगरिँदा यस्तो समस्या आएको उनको भनाइ छ ।
रोजगारी गर्ने व्यक्तिलाई कुनै अप्ठ्यारो परे त्यस्ता व्यक्तिको सहयोगका लागि कोषको अवधारणा आएको हो । तर, कोष सञ्चालनमा आएको यति लामो समय बितिसक्दा पनि लक्ष्यअनुसार काम हुन नसक्दा कामदारबाट कर कट्टी गर्ने तर जुन उद्देश्यका लागि कट्टी गरिएको हो त्योभन्दा अन्यत्रै खर्च गर्ने कार्य भैरहेको कार्यकारी निर्देशक थापाले बताए । राजधानी दैनिक